७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटको पोल्ट्री फर्ममा आगलागी

रौतहटको मौलापुर नगरपालिकाको एक पोल्ट्री फर्ममा आगलागी हुँदा लाखौँको क्षति भएको छ। मौलापुर नपाको पथरा बुधराम गाउँमा रहेको नन्हुक दास पोल्ट्री फर्ममा आगलागी हुँदा चार लाख रुपैया बराबरको क्षति भएको पीडितले जानकारी गराएका हुन्।

आगोले फर्मको घर जल्नुका साथै भर्खर ल्याएर पालिएको करिब एक सय किलो कुखुराको चल्ला पनि जलेर नष्ट भएको छ। यसै गरी कुखुराको पाँच बोरा पेलेट दाना र अन्य केही सामान पनि खरानी भएको छ। सबै मिलाएर चार लाखभन्दा बढीको क्षति भएको पीडित नन्हुक दासले बताए।

आगो लाग्नुको कारण थाहा हुन नसके पनि विद्युत सर्ट भएर लागेको हुन सक्ने दासको भनाइ छ। कुखुरा पाल्ने घर र चल्ला नै जलेपछि आफू समस्यामा परेको पीडित दासले बताए।  

प्रकाशित: १३ पुस २०७९ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App