७ वैशाख २०८१ शुक्रबार
समाज

गोठमा आगलागी हुँदा एक वृद्धाको मृत्यु

सप्तरीको बोदे बरसाईन नगरपालिका–४ सिल्हट गाउँमा मंगलबार राति गोठमा आगलागी हुँदा जलेर एक वृद्धको मृत्यु भएको छ।

चिसोबाट जोगिन बालेको घुरबाट गोठमा सल्केर आगलागी हुँदा ८० वर्षीया मुक्ती राउतको (पाल)काे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मृतक राउत घुर बालिएको गोठमै सुतेकी थिइन्।

आगलागीबाट मृतक राउतका नाती २५ वर्षीय धर्मदेव पाल  घाइते भएका छन्। आगलागीबाट गोठमा रहेका दुई चौपायाको पनि जलेर मरेको प्रहरीले बताएको छ।

प्रकाशित: १३ पुस २०७९ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App