१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा अस्पतालको शौचालयमा शिशु जन्माई महिला बेपत्ता

सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको शौचालयमा एक भारतीय महिलाले छोरा जन्माएर बेपत्ता भएकी छिन्। अस्पतालमा गर्भ जाँच गराउन पुगेकी महिलाले शौचालयमा बच्चा जन्माएर वेपत्ता भएकी हुन्।

आफ्नो गर्भ जँचाउन प्रादेशिक अस्पताल मलंगवामा पुगेकी भारत बिहारको सीतामढी जिल्लाको सोनवर्षाकी २२ वर्षीया यैयम कुमारी सोही अस्पतालको शौचालयमा बच्चा जन्माएर छाडी भागेको प्रहरीले जनाएको छ।

खबर पाउनासाथ अस्पताल पुगेको प्रहरीले नवजात शिशुको उद्धार गरेको छ भने बच्चा जन्माई फरार महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

नवजात शिशुलाई अस्पतालभित्रै रहेको एकद्वार संकट व्यवस्थान केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय यादवले जानकारी दिए। शिशुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।  

प्रकाशित: १२ पुस २०७९ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App