२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डाेल्पाकाे एकमात्र जुफाल विमानस्थलमा हवाई सेवा बन्द

डोल्पा (दुनै)– डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल बन्द भएको छ।

नेपालन्जबाट–डोल्पा हवाई मार्गअन्तर्गत बीचमार्गमा वर्षात् र कुहिरोले मार्ग अवरुद्ध भएपछि गत सोमबारदेखि हवाई सेवा ठप्प भएको नागरिक उड्डयन प्राधिकरण जुफालले जनाएको छ। साथै कुहिरोले विमानस्थलसमेत छोपेको प्राधिकरणले जनाएको छ।

विमानस्थल अवरुद्ध भएपछि पर्यटक, सर्वसाधारण, विद्यार्थी तथा बिरामीको चाप बढेको छ भने आफ्नो गन्तव्यसम्म पुग्न नपाएको गुनासो उनीहरुले गरेका छन्।

चार दिनदेखि विमानस्थल बन्द भएपछि सर्वसाधारण गन्तव्यसम्म पुग्नको लागि जोखिम मोल्दै पैदलमार्ग गर्न बाध्य भएका छन्। रासस

प्रकाशित: २३ असार २०७३ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App