१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्षतिपुर्ति सहमति नभएपछि कोहलपुर-चिसापानी सडक अवरुद्ध

मृतकका परिवारलाई क्षतिपुर्ती दिन आनाकानी गरिएको भन्दै कोहलपुर-चिसापानी सडक अवरुद्ध पारिएको छ। मोटरसाइकल चालक बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ४ बस्ने रमेश चन्द ठकुरीको शुक्रबार दिउँसो सल्लीबजारदेखि कोहलपुर आउने क्रममा हर्रे नजिक बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो।

सडक अवरुद्ध हुँंदा उक्त खण्डमा चल्ने यातायात सेवा ठप्प भएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लका अनुसार मृतकका परिवार तथा आफन्तले सुर्खेतको छिन्चु र बाँकेको बानियाभार तथा चिसापानीमा सडक अवरुद्द गरेका छन्। ुमृतकका परिवारले पाँच लाख भन्दा बढी क्षतिपुर्ती मागेका छन, गाडी धनीले पाँच लाख भन्दा बढी दिन नसक्ने अडान लिएका कारण सहमति हुन नसकेको हो, उनले भने।

मृतकका परिवारलाई क्षतिपुर्ती दिने विषयमा गाडी धनीसँग छिन्चुमा छलफल कुरा नमिलेपछि सडक अवरुद्ध गर्नु परेको आफन्तले बताएका छन्। चेतना सामाजिक उद्यमी सहकारी सस्था लि.सेवा केन्द्रको प्रबन्धक समेत रहेका ठकुरीलाई बसले ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रीत भएर सडक छेउमा पल्टिएको थिए।

त्यसपछि बसको पछाडीको टायरले किचेको थियो। क्षतिपुर्तीका विषयमा सहमति नहुँदा आफन्तले शव बुझेका छैनन्। ठकुरीको शव सुर्खेतस्थित मेहेलकुना अस्पतालमा राखिएको बताइएको छ।

प्रकाशित: १० पुस २०७९ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App