१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कालिकोटमा पहिलो पटक ‘स्लो बाइक रेस’

कालिकोट जिल्लामै पहिलो पटक ‘स्लो बाइक रेस’  भएको छ। कर्णाली कला तथा सांस्कृतिक जर्गेना केन्द्र कालिकोटको आयोजनामा शनिवार सदरमुकाम मान्मको खुल्ला मन्चमा ‘स्लो बाइक रेस’ कार्यक्रम भएको हो।

कार्यक्रममा सहभागी २५ जना मध्येबाट ५ टिममा विभाजन गरिएको थियो। ५ टिममा कमल शाही, डिल्ली प्रसाद चौलागाई, लोकेन्द्र शाही, नेत्र चौलागाई र वसन्त शाही स्लो बाइक रेसमा प्रथम भएका थिए।

५ जना प्रथमको कडा प्रतिस्पर्धा गर्दा नेत्र चौलागाई प्रथम, लोकेन्द्र शाही द्वितीय र वसन्त शाही तृतीयमा भएका छन्। सान्त्वनामा भने डिल्लीप्रसाद चौलागाँई भएका छन्।

प्रथम द्वितीय र तृतीयलाई क्रमशः ७ हजार, ४ हजार र ३ तिन हजार नगद सहित प्रमाण पत्रको व्यवस्था रहेको कर्णाली तथा संस्कृति जर्गेना केन्द्र कालिकोटका सचिव दमनराज शाहीले बताए।

उनले भने, ‘पछिल्लो समय कर्णाली विशेष गरी त कालिकोटमा सवारी दुर्घटना बढी हुने भएकाले स्लो रेस बाइक प्रतियोगिताको आयोजना गरिएको हो।’ 

सवारी चालक अनुमति पत्र नलिएरै मोटरसाइकल लगायतका अन्य यातायातका साधनहरू चलाउने र दुर्घटना बढी हुने भएकाले यस्ता खाले प्रतियोगिता गरे मात्र दुर्घटनामा कमी आउने सचिव शाहीको भनाई छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कालिकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले सहजीकरण गरेको थियो।कार्यक्रमका सभा अध्यक्ष धर्मराज सिंहले कर्णाली कला तथा संस्कृति जर्गेना केन्द्र कालिकोटले विगत लामो समयदेखि कालिकोटमा विभिन्न खेलकुद प्रतियोगिता सहित संस्कृति जर्गेनाका कार्यक्रमहरू गदै आएको बताए।

प्रकाशित: ९ पुस २०७९ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App