१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा ९ वर्षिय बालकको मृत्यु

चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा बालकको ज्यान गएको छ। 

पूर्वी चितवनको राप्ती २ गड्यौली स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान प्र.२-०३-००१ च १७९२ नं. को महेन्द्र पिकअप भ्यानले ठक्कर दिँदा पैदल हिँडेका  ९ वर्षीय बालकको ज्यान गएको हो।  

मृत्यु हुनेमा भारत घर भइ राप्ती २ गड्यौली बस्ने अब्दुल मसिनका छोरा  महमद एकलास रहेका छन्। आज बिहान ६स्४५ बजेको समयमा पूर्वबाट नारायणघाट तर्फ आएको भ्यानले उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ठक्कर दिने पिकअप र चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ८ पुस २०७९ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App