१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा एक वर्षभित्र २१ वटा मानवअधिकार हननका घटना

मानवअधिकार वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा। तस्बिर: गोल्डेन बुढा

नेपाल मानव अधिकार पुस्तक २०२३ का लागि संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम जुम्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ।

संकलित घटनाहरुको थप पुष्टि गर्ने र छुटेका घटनाहरु थप गर्ने उद्देश्यका साथ बार्षिक पूर्व समीक्षा कार्यक्रम गरिएको हो। कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले ०७८ पुस १७ गते देखि ०७९ पुस ४ गतेसम्म संकलन गरिएका २१ वटा घटना प्रस्तुत गरेका थिए।

सम्मानित रुपले बाँच्न पाउने अधिकार हत्या कुटपिट ४ ओटा, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहार ८ ओटा, स्थानीय तहको निर्वाचनमा झडप ३ ओटा, घरेलुहिंसा ५ ओटा, आवासको अधिकार १ ओटा, विपद् घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि रावलले बताए।

यस्तै २०२२ मा १२ वटा घटना थिए। सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विपद्ले ३५ करोड बराबरको क्षति भएको बताइन्।उनका अनुसार जिल्लाभर ३० करोड बराबर ६ सय ५ ओटा घर पूर्ण रुपमा क्षति भएको छ भने ५ करोड बराबर १९ सय घर आंशिक रुपमा क्षति भएका छन्। यस्तै १० जना मानवीय क्षति र पशुपंक्षी, कृषि योग्य जमीन पनि क्षति भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले प्रहरी प्रशासनले मानवअधिकार संरक्षण र प्रवर्धनमा काम गर्दै आएको बताए। राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाका प्रमुख धनराज शाहीले राजनीतिक दल, नागरिक,  सरोकारवाला निकाय नै अपराधिक घटनाका संरक्षक बन्दै आएको बताए। यस्ता घटनाका पक्षमा सशक्त रुपमा उभिएर पीडितलाई न्यायका पक्षमा हुनु पर्ने जनाए।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले यहाँको सडक सञ्जाल, भौतिक संरचना अपांगमैत्री नभएको बताए।

प्रकाशित: ५ पुस २०७९ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App