१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आफ्नै घरमा आगो लगाई ताप्न थालेपछि ...

फाइल तस्बिर।

सर्लाहीको एक युवकले आफ्नै घरमा आगो लगाएका छन्। मानसिक सन्तुलन ठिक नभएको भनिएका सर्लाहीको हरिपुर नगरपालिका २ का एक युवकले आफ्नै घरमा आगो लगाएर ताप्न थालेको बुझिएको छ।

हरिपुर नगरपालिका २ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमवार राति आफ्नै घरमा आगो लगाएका थिए। इँटासमेतको प्रयोग गरी बनाइएको काठको दुई तल्ले घर आगोले जलेर खरानी भएको छ।

आगलागीबाट घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा १२ लाख ४७ हजार रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन्।

करिब दुई घन्टापछि स्थानीयवासी, प्रहरी र हरिवन नगरपालिकाबाट पुगेको दमकलको सहयोगले आगो नियन्त्रणमा आएको थियो। आगोले लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: ५ पुस २०७९ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App