१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

भारतबाट तस्करी गरेर ल्याउँदै गरेको आँखाको लेन्स बरामद

भारतबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको आँखाको लेन्स र औषधि प्रहरीले विराटनगर–१६ बाट बरामद गरेको छ।

सीमा क्षेत्र अन्तर्गत विराटनगर–१६ स्थित विराटनगर जुट मिल नजिकबाट आइतबार अवैध रुपमा ल्याउँदै गरेको आँखाको लेन्स, आँखाका औषधि, लत्ताकपडा लगायतका सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोतिविन्दुको शल्यक्रियापछि बिरामीलाई लगाइने लेन्स, औषधि, भान्साका सामान तथा लत्ताकपडा अवैध रुपमा ल्याउँदै गर्दा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

एक सय बिसवटा लेन्स र औषधिसहित करिब ९ लाख र भान्सा तथा लत्ताकपडा करिब ३ लाख ३ हजार ४ सय २० रुपैयाँ बराबरका सामग्री बरामद गरेको डिएसपी श्रेष्ठले बताए। भन्सार तिरेर ल्याउँदा महँगो पर्ने भएकाले अवैध तरिकाले लेन्स ल्याएर विराटनगरका विभिन्न अस्पतालमा बिक्री गर्ने अनुमान प्रहरीले गरेको छ।

राति तस्करी गरेर सामान ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि सामान छाडेर पुनः भारतर्फ भागेको डिएसपी श्रेष्ठले बताए। बरामद गरिएको सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ पुस २०७९ १४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App