११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

तीन नेपालीलाई ‘सार्क युथ लिडर अवार्ड’

तीन नेपालीसहित नौजना ‘सार्क युथ लिडर अवार्ड–२०२२ु बाट सम्मानित भएका छन्। ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा काठमाडौंमा जारी तेस्रो सार्क क्षेत्रीय सम्मेलनमा उनीहरूलाई सम्मान गरिएको हो।  

सम्मानित हुनेमा गोविन्द मरासिनी, अमृता भण्डारी र नरेन्द्र प्रसाद अधिकारी छन्। मरासिनी र भण्डारी पत्रकार हुन् भने अधिकारी हस्पिटालिटी क्षेत्रमा आबद्ध छन्। यसैगरी सम्मानित हुने अन्यमा फरिया अकबर रिया (बंगलादेश), अजमल चक्रपदम (भारत), अदिल मुहमद हक (बंंगलादेश), अयान मुमिनुल हक (बंंगलादेश), मोहमद हसिमुर रमन (बंगलादेश) र मनन लियाकत ९पाकिस्तान० छन्। उनीहरूलाई राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याललगायतले अवार्ड प्रदान गरेका थिए। संस्थाले हरेक वर्ष नेपालभित्र र बाहिर विभिन्न देशमा युवासँग सम्बन्धित विषयमा कार्यक्रम गर्दै आइरहेको छ।

प्रकाशित: २ पुस २०७९ ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App