१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

चन्दननाथ मन्दिर आउने पर्यटक ८० प्रतिशतले घटे

कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल चन्दननाथ मन्दिरमा पर्यटक ह्वात्तै घटेका छन्। हरेक वर्ष बढे पनि चालु आर्थिक वर्ष देखि पर्यटक घट्दै जान थालेका हुन्।

चन्दननाथ गुठी समितिको तथ्यांक अनुसार अघिल्ला वर्षहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या निकै देखिन्थ्यो। तर अहिले ओरालो लागेको चन्दननाथ गुठी समितिका अध्यक्ष पुर्णसिंह कठायतले बताए। चिसो बढ्दै जानू,बाटो गुणस्तरीयता नहुनु र हवाईमा समस्याका कारण पर्यटक आउन सकेको उनले तर्क गरे।

चालू आर्थिक वर्षको अहिलेसम्म २ हजार ५ सय पर्यटकले चन्दनाथ मन्दिरको अवलोकन गरेका छन्। गत वर्षको तथ्यांक हेर्ने हो भने २० हजार पर्यटकले चन्दनाथ मन्दिरमा दर्शन पुगेका थिए। कर्णाली सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरे पश्चात राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटक जुम्ला पुग्थे, तर अहिले चिसो बढ्दै जानू,बाटोको स्तरवृद्धि नहुनु र हवाई नियमित रुपमा  संचालन नभएको प्रमुख कारण देखिएको गुठी समितिका प्रमुख रत्नाप्रसाद आचार्यको भनाइ छ।

आचार्यले भने,'धेरैजसो विदेशी दर्शन गर्न आउथे,चन्दननाथको इतिहासबारे बुझ्ने,थेसिस गर्न  विदेशीहरु अवलोकन गर्न आउने गरेका थिए,पछिल्लो समयमा निकै घट्दै गए। आन्तरिक पर्यटक पनि त्यति राम्रो आउदैन। केही वर्ष बाट मन्दिरमा आउने पर्यटकको रेकर्ड राख्ने गरिएको छ।'  

१४ सय वर्ष पुरानो ऐतिहासिक मन्दिरमा पुग्न पाउदा पर्यटकहरु खुसीको अनुभुती गर्छन्। चन्दननाथ मन्दिरको इतिहास विश्वको सवैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन संग जोडिएकोले पनि यस क्षेत्रमा पर्यटक आएर अति नै चासोको रुपमा पुग्छन्। तर राज्यको नजर पुगेको छैन्। मन्दिर वरिपरिको घर टहराको भाडाले खर्च धान्न सकिदैन्। सबै टहरा भाडामा दिइएको छ, मासिक टहरा बाट ५ लाख रुपैयाँ उठ्छ। तर भाडा दिन आनाकानी गर्ने गरिएको छ।

टहराको भाडा करिब १५ लाख भन्दा बढी उठ्न बाकी रहेको गुठी समितिले जनाएको छ। हरेक वर्ष संकलन गर्दा भिख मागे जस्तो गर्नुपर्ने चलन बसेको छ।

प्रकाशित: २९ मंसिर २०७९ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App