६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदिमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ।

सशस्त्र प्रहरीको गोताखोरले बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षीय उमेश गिरी र कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २३ वर्षीय जेसीबी चालक मङ्गल चुडारीको शव फेला पारेको हो।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार गिरीको सोमबार र चुडालको मङ्गलबार शव फेला परेको जानकारी दिए।

उनीसँगै दुर्घटनामा परी हराइरहेका सोही गाउँपालिकाका १९ वर्षीय रक्तिम सार्कीको खोजीकार्य जारी छ। मङ्सिर २४ गते शनिबार फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना भएको थियो।

प्रकाशित: २८ मंसिर २०७९ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App