२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

स्कुलबसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

स्कुलबसको ठक्करबाट कीर्तिपुरमा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

बल्खुबाट चोभारतर्फ गइरहेको ना १ क १६१२ नम्बरको स्कुल बसले ८ः४५ बजेको समयमा सशस्त्र प्रहरीको सरकारी बाइकलाई ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता राजेन्द्रप्रसाद भट्टले उपचारका क्रममा बयोधा अस्पतालमा १०ः ३२ बजेको समयमा उनको मृत्यु भएको बताए।

उनले भने, ‘मृतक रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए। उनले चलाएको सरकारी मोटरसाइकललाई बसले ठक्कर दिई गम्बिर घाइते हुँदा उपाचारको क्रममा मृत्यु भएको हो,’ उनले भने ।

स्कुल बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित: २५ मंसिर २०७९ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App