ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ४ चाँगे नेसुमका एक किशोर मृत अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार त्रिबेणीका २३ बर्षीय बीरबहादुर कार्की ढोली मृत भेटिएका हुन्। उनको शव घर नजिकैको पश्चिम चुली भीरमा अन्दाजी डेढसय मिटर तल भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान जारी राखेको समेत जानकारी दिएको छ।
प्रकाशित: २३ मंसिर २०७९ ०७:२० शुक्रबार