१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिप दुर्घटनामा चालकको मृत्यु

पाटन नगरपालिका–१० डंसेलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–५ डडेल्धुराका ३६ वर्षीय जिप चालक तेजबहादुर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शुक्रबार बिहान साढे ५ बजे से१ज ८१६ नम्बरको जिप सडकबाट करिब डेढ सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए। डडेल्धुराको आनरखोलीबाट घर फर्कने क्रममा जिप दुर्घटना भएको हो। जिपमा चालक मात्रै रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०७९ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App