१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरको भीमसेन मन्दिरबाट पाँच वटा घण्टाहरू चोरी

भक्तपुरको पुरानो जगतीस्थित गणेश मन्दिरबाट पाँच वटा घण्टाहरू  चोरी भएका छन्। भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगतीस्थित मन्दिरबाट पाँच वटा घण्टाहरू चोरी भएका हुन्। मन्दिरमा मूर्ति अगाडि राखिएका पाँच वटा घण्टीहरू सोमबार राति चोरी भएका हुन्। मन्दिरमा पूजा गर्दा बजाइने घण्टाहरू चोरी भएका हुन्। 

स्थानीयले बताए अनुसार अर्को घण्टी पनि चोर्ने असफल प्रयास गरिएको देखिएको छ। तर त्यो निकाल्न नसकेर त्यतिकै बाँकी रहेको छ। स्थानीय लक्ष्मीप्रसाद झांगका अनुसार मन्दिरको मूर्ति अगाडि रहेको ठुलो तीन वटा र सानो दुई वटा गरी पाँच वटा घण्टीहरू चोरी भएका हुन्। मन्दिर भक्तपुर प्रहरी प्रभाग जगातीबाट झण्डै दुई तीन सय मिटर पूर्वमा रहेको छ। मन्दिरमा तीन वटा मूर्तिहरू रहेका छन्। यो भक्तपुरकै एउटा पुरानो मन्दिर हो। 

बसबाट छुटेको सामान फेला पारी पीडितलाई  

भक्तपुर। बसमा छुटेको सामान फेला पारी भक्तपुर प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाउन सफल भएको छ। सोमबार बिहान पौने ११ बजे भाडाको बसमा भक्तपुरको कौशलटारबाट काठमाडौँको तीनकुने जाने क्रममा छुटेको काठमाडौँ महानगरपालिका वडा नं ३२ बस्ने जयप्रसाद पराजुलीको छुटेको सामान भेटाई उपलब्ध गराउन प्रहरी सफल भएको हो। भक्तपुरको च्याम्हासिंह्बाट रत्नपार्क पुग्ने बा ४ ख १९७८ नम्बरको गाडीमा सामान छुटेको पता लगाएर सामान सुरक्षितसाथ बुझन प्रहरी सफल भएको हो। 

जिल्ला प्रहरी परिसर भक्तपुरले जनाए अनुसार पराजुलीले सामान छुटेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले गाडी पहिचान गरी सामान भेटाएर पराजुलीलाई दिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। छुटेको खैरो खरानी रंगको पछाडि वोकने झोला र झोलाभित्रको निजको राहदानी, ल्यापटप, खामभित्र एक सय दरको ४६ वटा अमेरिकी डलर, कालो पर्स र पर्सभित्र विभिन्न बैंकका एटिएम, डेभिड कार्ड र क्रेडिट कार्ड सबै सुरक्षितसाथ पता लगाई हस्तान्तरण गरेको प्रहरीको भनाई छ। 

प्रकाशित: २० मंसिर २०७९ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App