६ वैशाख २०८१ बिहीबार
समाज

नेपालगन्ज विमानस्थलको रनवेमा निलगाई भेटिएपछि तनाव

नेपालगन्ज विमानस्थल कार्यालय।

नेपालगन्ज विमानस्थलमा रहेको रनवे नजिक मंगलबार बिहान वन्यजन्तु (निलगाई) भेटिएपछि विमानस्थलका कर्मचारी तनावमा परेका छन्। रनवे नजिक देखा परेको निलगाईका कारण विमानस्थलमा सुरक्षा खतरा बढेपछि धपाउने तयारी गरिएको छ।  

रनवे नजिक रहेको झाँडीमा अहिले पनि निलगाई लुकेर बसेकाले धपाउने प्रयास भइरहेको विमानस्थल कार्यालयका प्रमुख सुरेशप्रसाद खनालले बताए। ‘अहिले हामी विमानस्थलको रनवे क्षेत्रमै छौं, सुरक्षाकर्मीसहित सबै लागेर निलगाईलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ,’ खनालले नागरिकसँग भने। उनका अनुसार मंगलबार बिहान करिव ८ बजेतिर रनवेको छेउमा निलगाई फेला परेको थियो।

रनवेमा निलगाई भेटिएपनि विमानस्थल भने सुचारु रहेको प्रमुख खनालले बताए। उनले भने, ‘विमानस्थल सुचारु नै छ, अहिलेसम्म कुनै समस्या आएको छैन।’ नेपालगन्ज विमानस्थल हुदै अचेल दैनिक रुपमा काठमाडौं र पोखराका लागि मात्रै १४ वटा ठुला जहाजले उडान भरिरहेका छन्। यसका साथै नेपालगन्जबाट कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा पनि साना जहाजले दैनिक रुपमा करिव एक दर्जन जति उडान भर्छन्।  

अति ब्यस्त रहने नेपालगन्ज विमानस्थलको सुरक्षामा भने लापरबाही भइरहेको यात्रुहरु बताउँछन्। उक्त विमानस्थलमा  

ब्यवस्थित तारबार नहुँदा वन्यजन्तुहरु सहजै रनवेमा प्रवेश गर्ने र पटक पटक जहाजसँग ठोक्किने गरेका छन्। यसअघि पनि पटक पटक जहाजसँग रनवेमा बँदेल ठोक्किएको घटना सार्वजनिक भएका थिए।

प्रकाशित: २० मंसिर २०७९ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App