४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सशस्त्रका तीन एसपीलाई मुख्यालय तानियो

सशस्त्र प्रहरीका तीन एसपीलाई आर्थिक अनियमितताको आशङ्कामा मुख्यालयमा तानिएको छ।

सशस्त्र प्रहरी बल (एपीएफ) ले बारा पर्सा र नवलपरासीका तीन जना उपरीक्षक (एसपी) लाई शुक्रबार मुख्यालय तानेको हो। नेपाल– भारत सीमा क्षेत्रबाट निर्वाचन अघि र निर्वाचनपछि नियमित रूपमा तस्करी गर्न सहयोग गरेको आरोपमा उनीहरूलाई छानबिनका लागि मुख्यालय तानेको मुख्यालय स्रोतले जनाएको छ।

यसरी तानिनेमा सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख ९गणपति० राजेन्द्र थापा, १३ नम्बर गणक्वा हेडर्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्री छन्। 

बाराका बोर्डर आउट पोस्ट (बीओपी) इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो। सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’लाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएको थियो। 

सो टोलीले उनीहरूले आर्थिक अनियमितता गरेको निष्कर्षसहितको प्रतिवेदन पेस गरेपछि प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार उनीहरूलाई हेडक्वार्टर तानेर छानबिन गर्न निर्देशन दिएका थिए।

प्रकाशित: १७ मंसिर २०७९ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App