१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आफ्नै घरको छतबाट खसेर युवकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ६ मिल रोडमा आफ्नै घरको छतबाट खसेर एक जना युवकको ज्यान गएकाे छ।

मिल रोडमा रहेको भुबन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौँ तल्लाबाट खसेर छोरा १७ वर्षीय भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो।

घरबाट खसेर छिमेकीको घर कम्पाउन्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए। घाइतेपछि उपचारको लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका सूचना अधिकृत राजु पाण्डेले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटी प्रारम्भिक अनुसन्धान गरिएको घटनाबारे थप जानकारी लिने काम भइरहेको जनाए।

प्रकाशित: १७ मंसिर २०७९ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App