१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भोलाछेँ पोखरीको पर्खाल निर्माण हुने

भक्तपुर नगरपालिका वडा नं. ६ भोलाछेँस्थित वडा कार्यालय भवन अगाडिको भोलाछेँ पोखरीको चारैतिर पर्खाल लगाई आकर्षक बनाइने भएको छ।

पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण गर्न शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलाछेँ पोखरी भक्तपुरको हेर्न लायक एक आकर्षक पोखरी भएको बनाउने बताए।

देशभरिका स्थानीय तहहरूले भक्तपुर नपाले शिक्षा, स्वास्थ्यसँगै सम्पदा पुनः निर्माण तथा विकास निर्माणका क्षेत्रमा गरेका गतिविधिहरूलाई अनुकरण गर्न खोजिरहेको उल्लेख गर्दै उनले  भक्तपुर नपाले आफ्ना गतिविधि पारदर्शी ढङ्गले विभिन्न सञ्चारमाध्यम र प्रकाशनमार्फत आफ्नो कार्यलाई सार्वजनिक गर्दै आएको बताए। प्रमुख प्रजापतिले शिक्षा र स्वास्थ्यको सन्तुलित विकासले भक्तपुर बासी जनताको जीवनस्तरमा उल्लेखनीय प्रगति भएको दाबी गरे।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले पोखरी जीर्णद्धार तथा मर्मत कार्यको लागि उपभोक्ता समितिमा बसेर काम गर्ने सम्पूर्णमा धन्यवादज्ञापन गर्दै वडा नं. ६ मा भइरहेको विकास निर्माणका गतिविधिहरूबारे अवगत गराए। त्यस्तै कार्यपालिका सदस्य रोशनमैंया सुवालले भक्तपुर नपाले यहाँका मूर्त अमूर्त सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गर्दै आइरहेको बताउँदै पोखरी पुनः निर्माणको हिसाबकिताब जनतामाझ सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रमको आयोजना भएको बताइन्।

त्यस्तै वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले पोखरी पुनः निर्माणसँगै भोलाछेँ टोलको सुन्दरता थपिएको बताए। पोखरी केही समय अगाडि पुन निर्माण गरिएको थियो। भोलाछेँ पोखरी सार्वजनिक परीक्षण कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष कृष्णभक्त नायभारीले स्वागत मन्तव्य, कोषाध्यक्ष सुरज बजिकोले आयव्यय सार्वजनिक र सचिव सानुमैया बजिकोले पनि पोखरीका विविध पक्षबारे आआफ्नो धारणा राखे।

प्रकाशित: १७ मंसिर २०७९ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App