coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

यातायात व्यवस्था कार्यालय सुर्खेतमा कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ। कार्यालय समयमा कर्मचारी उपस्थित नहुँदा सास्ती खेप्नुपरेको हो। 

दैलेखबाट यातायात कार्यालयकै कामको लागि सुर्खेत आईपुगेको जिवराज रेग्मीले कार्यालय समयमा काम नहुँदा समय खेर गएको बताए। ‘ब्लुबुक नविकरणका लागि दैलेखबाट यहाँ आएको हुँ। १० बजे आएको म अहिले १२ बजिसक्यो। कार्यालयमा प्रमुखदेखि सम्बन्धित फाँटका कर्मचारी कोही पनि हुनुहुन्न।’ उनले भने, ‘आज काम भएन भने भोली शनिबार र पर्सि आईतबारसम्म गरी ३ दिन सुर्खेत बस्नुपर्ने बाध्यता हुनेछ। त्यस अवधिसम्मको अनावश्यक खर्च हुनेभयो।’ अर्का सेवाग्राही कमल रिजालले मोटरसाइकलको ब्लुबुक नविकरण गर्न १० बजे नै बैंक भौचर लिइसकेपनि अन्य कर्मचारीहरु नभएर काम रोकिएको बताए। ‘म लगायत अन्य सेवाग्राहीहरु विहानै १० बजेदेखि कामका लागि कुरिरहेका छौं। कार्यालय प्रमुखलाई सोध्दा परीक्षाको बाहना देखाए। कार्यालय सहयोगी मात्रै हुनुहुन्छ। तर परीक्षाको कारण खुलाएर कुनै जानकारी गराइएको छैन।’

कार्यालय प्रमुख आनन्द चपाईले कार्यालयमा सम्बन्धित फाँटका कर्मचारी नभएको स्वीकार गरे। उनले सवारी चालक अनुमति पत्रको परीक्षा भैरहेको हुँदा कार्यालयमा कर्मचारी नभएको बताए। यद्यपी, कार्यालयका कर्मचारी परीक्षामा भएकोले सेवा प्रवाह सम्बन्धि सूचना सार्वजनिक गरिनुपर्ने थियो। तर, कार्यालयमा कुैनपनि सूचना नटाँसिएको सेवाग्राहीले बताए। कार्यालय प्रमुख चपाईका अनुसार कार्यालयमा ८ जनामात्रै कर्मचारी कार्यरत छन्।

यस्तै, जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत सेवाग्राही गुनासोलाई हलुका रुपमा लिएको उनिहरुको गुनासो छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ खगेन्द्र बहादुर मल्ले सेवाग्राहीको जानकारी आएपछि कार्यालय प्रमुखलाई जिम्मेवार हुन भनिसकिएको दावी गरे।

प्रकाशित: १६ मंसिर २०७९ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App