१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घरको छतबाट खसेर १७ वर्षीय युवकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ६ मिलरोडमा आफनै घरको छतबाट खसेर एकजनाको युवकको मृत्यु भएको छ। आफ्नै घरको चौथौ तल्लाबाट १७  वर्षीय भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो।  

घरबाट खसेर छिमेकीको घर कम्पाउण्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए। घाइतेपछि उपचारको लागि नजिकैको नागरिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका सूचना अधिकृत राजु पाण्डेले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटी प्रारम्भिकम अनुसन्धान गरिएको घटनाबारे थप जानकारी लिने काम भइरहेको जनाए।

प्रकाशित: १६ मंसिर २०७९ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App