coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्गा भगवतीमा आगलागी हुँदा ७ लाखभन्दा बढीको क्षति

रौतहटको दुर्गा भगवती गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। दुर्गा भगवती गाउँपालिका ४ का हरि यादवको घरमा आगलागी हुँदा पशु चौपाया मर्नुका साथै लाखौँको क्षति भएको हो।

आगलागीमा परेर चार ओटा भैँसी र चार ओटा बाख्रा मरेका छन्। यसै गरी घरमा पनि ठूलो क्षति भएको छ। सामानहरु जलेर खरानी भएका छन्। आगोले करिब ७ लाख ५१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीयवासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पछिल्लो समय रौतहटमा आगलागीको घटनामा वृद्धि भएको पाइएको छ। 

प्रकाशित: १६ मंसिर २०७९ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App