२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

श्रीमानको हत्या आरोपमा श्रीमति पक्राउ

श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका–१ भुटाहाकी ३५ वर्षीय दवानी देवी सरबरियालाई पक्राउ गरेको छ। 

पक्राउ परेकी दवानीदेवीले उनका श्रीमान ४२ वर्षीय सन्तोष सरबरियालाई बाम्फोक (दाउ) ले प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। हत्यामा प्रयोग गरिएको बाम्फोकसहित दवानीदेवीलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए।

पारिवारिक विवादका क्रममा बाम्फोकले घाँटी र टाउको काटिएको अवस्थामा सन्तोषलाई आफ्नै घरभित्र गत शनिबार राति सवा ११ बजेतिर फेला पारेको थियो। गम्भीर अवस्थामा भेटिएका सन्तोषलाई तत्कालै प्रहरीले उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याए पनि उपचारका क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

हतियार प्रहार गरेर श्रीमानको हत्या गरेको आशंकामा दवानीदेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। मृतकका २ छोरा र १ छोरी छन्। उनीहरु १४ वर्ष मुनिका रहेका छन्। दवानीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७९ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App