१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

थापाथलीमा सुकुम्बासी र प्रहरीबीच झडप

काठमाडौंको थापाथलीस्थित बागमती किनारमा काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन्।

सोमबार दिउँसो थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती हटाउन गएको महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो।

एकीकृत बागमती सभ्यता विकास समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन भनेको थियो। स्थानीयले वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन्।

प्रकाशित: १२ मंसिर २०७९ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App