१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चेतन अयडीको हत्यारा पक्राउको माग गर्दै बाजुरामा सिटी जुलुस

बाजुरा सदरमुकाम मार्तडीमा भएको सिटी जुलुस तथा प्रशासन कार्यालय अगाडिको धर्ना।

हत्यारालाई पक्राउ र कब्जा गरिएका बुथमा पुन मतदानको माग सहीत चरणवद्ध आन्दोलनमा रहेको नेकपा एमाले बाजुराले सिटी जुलुस निकालेको छ। न्यायका लागि पार्टी कमिटीका तर्फबाट अघि सारिएका मागहरु बारे प्रहरी प्रशासनले सुनुवाई नगरेपछि कान खोल्ने गरि सुनाउन सिटी जुलुस निकालेको नेकपा एमालेले बताएको छ।

विद्यार्थी नेता चेतन अयडीको हत्या गरिएको सातादिन पुग्दा पनि अझै हत्याका आरोपीतहरुलाई प्रहरीले पक्राउ नगरेको, काँग्रेसले कब्जा गरिएका १६ वटा बुथमा पुन मतदानका लागि कुनै प्रक्रिया अघि नबढाएको, प्रहरीको गोली लागि ज्यान गुमाएका सन्जीव अयडीको मृत्युको कारण बारे सत्यतथ्य जाँच नगरिएको भन्दै नेकपा एमाले बाजुरा आन्दालित बनेको हो।

युवा विद्यार्थीले बन्दका कार्यक्रम फिर्ता लिएपनि धर्ना, विरोध जुलुस र नाराबाजी लगायतका शक्ति प्रदर्शनका कार्यक्रम जारी राखेको पार्टी जिल्ला कमिटी सचिव भरत थापाले बताएका छन्। पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यद्धय लालबहादुर थापा, प्रकाश शाह, प्रदेश कमिटी सचिवालय सदस्य लालबहादुर ओली, जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही सहीतको अगुवाईमा आन्दोलन भइरहेको छ।

नेकपा एमाले बाजुराले दिनप्रतिदिन आन्दोलनको माग बढाइरहेको छ। जिल्लाका सबै पालिका र गाउँबाट युवा विद्यार्थी, महिला पुरुष सबैलाई बोलाएर माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ। शान्तिपूर्ण आन्दोलन गर्दा, भाषण सुनाउँदा, माग पत्र बुझाउँदा प्रमुख जिल्ला अधिकारी लगायतले नसुनेपछि सिटी जुलुस निकाल्नु परेको नेकपा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन्।

काँग्रेस र प्रहरी प्रशासनले नेकपा एमाले बाजुरालाई कमजोर र निरही ठानेर कायरता प्रस्तुत नगर्न थापाले आग्रह गरेका छन्। बुथ कब्जा गर्ने काँग्रेसलाई संरक्षण दिने प्रहरी प्रशासनले मान्छे मार्नेलाई कारवाही गर, कब्जा गरिएका बुथको छानवीन सहीत पुनः मतदानको मिति तोक, सुरक्षा र क्षतिपूर्तिको ग्यारेन्टी गर भन्दा नसुन्ने अवस्था आएपछि सिटी जुलुस निकालेको एमाले नेताहरुको भनाई छ।

सिटी जुलुस पछिको जिल्ला प्रशासन कार्यालय अघि गरिएको धर्ना तथा विरोध सभामा नेकपा एमाले स्थायी कमिटी सदस्य थापाले मागहरु बारे गम्भीर नभए थप आन्दोलन चर्काउनु पर्ने अवस्था आएको बताएका छन्। मार्तडीमा उपस्थित नेता कार्यकर्ता मध्ये एकले पाँच जनालाई गाउँबाट बोलाएर १० हजार बढीले प्रहरी प्रशासन घेर्नुको विकल्प नरहेको बताएका छन्।

२०५१ सालदेखि नै बुथ कब्जा गर्ने, मतपेटीका कर्णालीमा बगाउने बद्री पाण्डेले सन्जीव अयडी र चेतन अयडीको जिम्मा लिनुको साँटो कोटामा चुप लागेर बसेकोमा आक्रोश पोखेका छन्। बाजुरामा नेकपा एमालेले शान्ति सुरक्षामा असर नपुगोस भनेर संयमता अपनाएको विषयलाई बाजुराका काँग्रेसले कमजोरी ठानेर हाबी हुन खोजेको भन्दै एमालेको वास्तविक रुप देखाउने अवस्था आइन सक्ने चेतावनी दिएका छन्।

चेतन अयडीका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन्। ती मध्ये अहिलेसम्म २ जनालाई मात्र प्रहरीले पक्राउ गरेको छ। बाजुरामा नेकपा एमालेले १६ र काँग्रेसले ८ स्थानमा बुथ कब्जा भएको उजुरी दिएका छन्। त्यसको छानवीनका लागि आयोगबाट टोली बाजुरा आइपुगेको छ।

नेकपा एमालेले शान्तिपूर्ण आन्दोलन गरिरहेका, हत्यारालाई पक्राउको माग गरिरहेका अनेरास्ववियुका युवा विद्यार्थी माथि लगाइएको मुद्दा फिर्ता नल्याए आन्दोलनको आँधी हुरी ल्याउने चेतावनी दिएको छ। न्यायका लागि सडकमा पसेका युवा विद्यार्थीलाई घरबाटै तानेर जबरजस्त मुद्दा लगाउने कार्य गैर कानुनी र गैर लोकतान्त्रीक चरित्र भएकोले यसमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुख सचेत र जिम्मेवार बन्न एमाले नेता थापाले आग्रह गरेका छन्।

नेकपा एमालेले आन्दोलनलाई जारी राख्ने भएको छ। थप गाउँबाट युवा विद्यार्थी एमाले नेता कार्यकर्ता बोलाएर आन्दोलनलाई न्याय नपाएसम्म र प्रशासन जिम्मेवार नबनेसम्म जारी राख्ने अडानमा देखिएको छ। प्रहरीको सेटीगमा भएको चुनाव रद्द गर्नुको अर्को विकल्प नभएको अडानमा नेकपा एमाले बाजुरा छ।

प्रकाशित: १० मंसिर २०७९ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App