२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गरगहना चम्काई दिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

लमजुङ प्रहरीले गरगहना चमकाई दिन्छु भन्दै ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सुन सफा गरी तौल कम गर्दै ठगी गरेकाे आरोपमा २४ वर्षीय भारतीय नागरिक विवेक कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

मस्र्याङदी गाउँपालिका ३ खूदीस्थित सुनको गरगहना चमकाई दिने बाहानामा स्थानिय ३ जना महिलाहरुले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाई विभिन्न रासायनिक पदार्थको प्रयोगबाट सुनको तौल कम पारी ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

उनलाई जिल्ला अदालत लमजुङबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी कार्यलय लमजुङले जनाएको छ।

प्रकाशित: १० मंसिर २०७९ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App