२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

७ वर्षदेखि फरार अभियुक्त पक्राउ

पक्राउ फरार मगर। तस्विरः महेश्वर

उदयपुर प्रहरीले ७ वर्षदेखि फरार अभियुक्त पक्राउ गरेको छ। जिल्ला अदालत उदयपुरले गत ०६२ असार १५ गतेको फैसला अनुसार दोषी करार गरे पनि भाग्दै आएका त्रियुगा नगरपालिका रौतामाई गाउँपालिका ७ मुर्कुचीका माउचे भन्ने चन्द्रबहादुर राना मगरलाई पक्राउ गरेको हो।  

ज्यान मार्ने मुद्धामा अदालतले ६ वर्ष कैद सजाय सुनाएको भए पनि फरार रहेका मगरलाई गोप्य सुराकीका आधारमा त्रियुगा नगरपालिका ५ दमौटीस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको विशेष टोलीले बिहीबार साँझ मगरलाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए।  

पक्राउपछि जिल्ला प्रहरी कार्यालय ल्याइएका ५३ वर्षीय मगरलाई शुक्रबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाएको छ। प्रहरीले बुझाए लगत्तै अदालतले कैद सजाय भुक्तानका लागि मगरलाई कारागार शाखा गाईघाट पठाएको जनाएको छ।  

प्रकाशित: ९ मंसिर २०७९ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App