१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय ट्रकको ठक्करबाट चितवनमा पैदल यात्रीको मृत्यु

चितवनमा भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। 

आज (शुक्रबार) बिहान २:२०को समयमा भरतपुर महानगरपालिका १ स्थित रामनगरमा एच आर ५५एक्स १४८२ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो। मृतक पुरुषको पहिचान खुलेको छैन। उनी अन्दाजी ४५र५० वर्षियको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

ठक्कर दिएपछि गम्भिर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  

पैदल यात्रीलाई ठक्कर दिएपछि ट्रक भागेको थियो। पछि प्रहरीले वडा प्रहरी कार्यालय नारायणघाटको टोलीले ट्रक र चालकलाई नियन्त्रणमा  लिएको प्रहरीले जनाएको छ। चालक भारत उत्तर प्रदेश राज्य सहारानपुर गाउँका ३८ वर्षका तलिस खान रहेका छन्।

प्रकाशित: ९ मंसिर २०७९ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App