८ वैशाख २०८१ शनिबार
समाज

गोरखा: मतदातामा उत्साह देखिएन

गोरखाको धार्चे गाउँपालिकाको गुम्दा मतदान केन्द्रमा मत हाल्न भेला भएका सर्वसाधारण।

प्रतिनिधि सभा र प्रदेश सभाको आइतबार भएको निर्वाचनमा मतदाता उत्साहित देखिएनन्। दुई लाख २० हजार छ सय ३६ मतदाता रहेको गोरखामा करिब ५५ प्रतिशत मात्रै मत खसेको छ।  

यो यसअघिको निर्वाचन भन्दा कम हो। २०७४ को निर्वाचनमा गोरखामा एक लाख ९ हजार चार सय ४ मतदाता थिए। त्यतिबेला ६५ दशमलव तीन प्रतिशत मत खसेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ। गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा पालिका प्रमुखहरुले प्राप्त गरेको मत हेर्दा ६६ दशमलव ७४ प्रतिशत मत खसेको थियो। त्यसयता मतदाता थपिएपनि आइतबारको निर्वाचनमा उत्साहपूर्ण सहभागिता देखिएन।  

स्थानीय तहको चुनावमा जस्तो शहरबाट मतदाता फर्किएनन्। घरमै रहेका केही मतदाता पनि भोट हाल्नमा उत्साहित नदेखिँदा विगतका निर्वाचन जस्तो मतदान केन्द्रमा भिडभाड थिएन। स्थानीय निर्वाचनमा धेरै समय लाईन बसेर मतदान गरेका मतदाता केन्द्र पुग्दा खुल्ला थियो। भोट हालेर फर्किँदै गर्दा भेटिएका मतदाताले सहजै मतदान गर्न पाएको बताएका थिए।  

गठबन्धनमा ठूला दल रहेको र चुनाव यसै जितिन्छ भन्ने हिसाबले मतदाता गोरखामा कम सहभागी भएको हुन सक्ने गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताए। स्थानीय तहमा हरेक उम्मेदवार र मतदाता सिधै जोडिने भएकाले पनि त्यतिबेला जस्तो चहलपहल अहिले नभएको हुन सक्ने उनले बताए।

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मतदातामा कम उत्साह देखिएको अनुभती आफुले पनि गरेको बताए। उत्तरी दुर्गम भेगमा भन्दा तल्लो क्षेत्रमा मत कम खसेको छ।  

मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीले चुनावप्रति जनताको उत्साह कम देखिएको बताए। ‘जनतालाई दलहरुले पनि निर्वाचनप्रति उत्साहित गर्न सकेन, राजनीतिक पार्टी प्रतिको वितृष्णले पनि मतदाता कम सहभागी भएको हुनसक्छ’ उनले भने।  

चारवटा प्रदेश र दुईवटा संघिय निर्वाचन क्षेत्र रहेको गोरखामा ४९ जना उम्मेदवार चुनावी मैदानमा थिए।

प्रकाशित: ४ मंसिर २०७९ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App