देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने २६६ जना घाइते भएका छन्।
कात्तिक २० गतेको दुर्घटनासम्बन्धी विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेशमा भएको छ। कोशी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।
त्यस्तै, बागमती प्रदेशमा २ जनाको मृत्यु र ३८ जना घाइते भएका छन्। मधेश प्रदेशमा ३ जनाको मृत्यु हुँदा ३५ जना घाइते भएका छन्।
गण्डकी प्रदेशमा २ जनाको मृत्यु र १५ जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएको विवरणमा उल्लेख छ।
यसैगरी कर्णाली प्रदेशमा २१ जना र सुदूरपश्चिम प्रदेशमा १२ जना घाइते भएका छन्। यी दुवै प्रदेशमा मृत्यु हुनेको संख्या शून्य रहेको छ। काठमाडौं उपत्यकामा मृत्यु नभए पनि २० जना घाइते भएका छन्।
प्रकाशित: २१ कार्तिक २०८३ १७:१८ शनिबार





