१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

बाढीमा लमजुङका १० र रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन

रसुवा बाढीमा परी लमजुङका १० र रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिका–९ राइनासकोटका ३६ वर्षीय राजन थापा, मस्र्याङ्दी गाउँपालिका–९ ढाकगाउँका ३६ वर्षीय युवराज भण्डारी,  दोर्दी गाउँपालिका–६ पैरेखोलाका ३५ वर्षीय रामकुमार तामाङ र मस्र्याङ्दी गाउँपालिका–३ खोपडीका ३४ वर्षीया रमिला भण्डारी सम्पर्कविहीन भएका हुन्।

यस्तै, बेँसीशहर नगरपालिका–११ कोलडाँडाका ४३ वर्षीया राधिका घर्ती र सोही वडाका ४५ वर्षीय झपटबहादुर घर्ती, बेँसीसहर नगरपालिका–११ चितीका २९ वर्षीय कुमार परियार, बेँसीसहर नगरपालिका–१ चितीका ३५ वर्षीय सुगम सिलवाल, राइनास नगरपालिका–६ की २६ वर्षीया अनुष्का पाण्डे र उनका दुई वर्षीय छोरा आयुष चिलुवाल पनि सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ।

यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका गरी १५ जना सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा मुसिकोट नगरपालिका–२ रातामाटाका हरिबहादुर खड्का, आठबिसकोट नगरपालिका–७ का खम्बु बोहरा र उहाँकी श्रीमती कोपिला केसी बोहरा, एक वर्षीया छोरी रहेका छन्।

त्यस्तै आठबिसकोट नगरपालिका–५ का चित्रबहादुर घर्ती, चौरजहारी नगरपािलका–१३ का रामबहादुर बिष्ट,  सानीभेरी–७ का लक्ष्मी बुढाथोकी, चन्द्र बुढाथोकी, शिवलाल बुढाथोकी र दिलकुमारी घर्ती, चौरजहारी नगरपालिका–९ की सीमा बुढाथोकी , आठबिसकोट नगरपालिका–१० धाराखोलाकी तुलसा केसी, उहाँको ८ वर्षीय छोरा र ३ वर्षीया छोरी र दिदी भेटन गएकी आठबिसकोट नगरपालिका–१० कै २३ वर्षीया दिया केसी पनि सम्पर्कविहीन भएका छन्।

यस्तै, बाढीमा फसेका रुकुम पश्चिमका तीन जना ५५ वर्षीय कमल घर्ती, ३८ वर्षीया अस्मिता घर्ती र ४ वर्षीया काजल घर्तीलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०८३ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App