१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

फाकुम्बाको आगलागीमा १६ लाखको क्षति

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ६ फाकुम्बा हाम्फावुङमा एक घरमा आगलागी हुँदा अन्दाजी १६ लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार फाकुम्बा हाम्फावुङका रामकुमार लिम्बूको घर आगलागीले पूर्ण रुपले ध्वस्त भएको छ ।

काठ,ढुङगा,माटो र टिनले छाएको तीनतले उक्त घरको माथिल्लो कोठामा ६ बर्षिय बालिकाका लाइटर खेलाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी बिहीबार बिहान ८ बजेको समयमा भएको प्रहरीले जनाएको छ । आगलागीमा मानवीय तथा पशु चौपायामा भने क्षति नभएको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित: ३१ वैशाख २०८३ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App