जेन–जीको भ्रष्टाचार विरोधी आन्दोलनका नाममा कुनै अप्रिय घटना भएमा, हिंसात्मक र अराजक शैली अपनाए एमालेको भात्रृ संगठन राष्ट्रिय युवासंघ नेपाल चुपलागेर नबस्ने संघका प्रवक्ता निरोज पौडेलले भनेका छन्।
ललितपुरको गोदावरीमा सम्पन्न एमाले विधान महाधिवेशनबाट समाजमा रुपान्तरणको नाममा जुनसुकै नकारात्मक बढाउने गतिबिधि विरुद्धमा पार्टी र संगठन एक भएर प्रतिवाद गर्ने निर्णय पनि भएको छ। जसमा पार्टीको तर्फबाट भानुभक्त ढकाल र संघका पूर्वइन्चार्ज महेश बस्नेतले जिम्मेवारी पाएका छन् ।
पार्टीका दुई जनवर्गीय संगठनका युवा-विद्यार्थीका अध्यक्ष क्षितिज थेबे, सुजन कँडरियाबीच छलफल भएको पौडेलले बताएका छन् ।
युवा विद्यार्थीको वर्तमान समस्यामा दलका नेताले समर्थन जनाएका छन् ।
प्रकाशित: २३ भाद्र २०८२ १५:३१ सोमबार





