६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

युवा विश्लेषक तिवारी भन्छन् : रवि–बालेन सहमतिबाट दीर्घकालीन स्थायित्वको अपेक्षा गर्न सकिन्न

युवा विश्लेषक नवीन तिवारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीचको सहमतिले दीर्घकालीन स्थायित्वको अपेक्षा गर्न नसकिने बताएका छन्। उनले सात बुँदे सहमतिका अनुहार मात्र फेरिएकाले यसबाट दीर्घकालीन स्थायित्व, उत्साह र आशाको अपेक्षा गर्न नसकिने टिप्पणी गरेका हुन्।  

‘वैकल्पिक राजनीतिक धार कसरी आयो भन्नेमा हामीले हेर्नुपर्छ। सत्ताको भागबण्डबाट आएको धारले केही समय मनोरञ्जन त गर्ला तर राजनीतिलाई स्थायी रुप दिन सक्दैन’, तिवारीले भने, ‘युवाको जोश र भावनालाई अतिरञ्जना गरेर सत्ताका लागि भागबण्डा गर्नु उपयुक्त थिएन। यसरी भागबण्डाले फेरि पनि सत्ताबाहेक अर्को शक्ति छैन, त्यहीं नै पुग्नुपर्छ भन्ने पुराना मान्यता पछ्याएको छ।’

तिवारीले पुराना दल कांग्रेस र एमालेले विगतमा गरेको सात बुँदे सहमति घुमाइफिराई सत्ताकेन्द्रित भएको र अहिले लामिछाने र साहबिच भएको सहमति तिनै पुरानै दल शैलीको फोटोकपी भएको दाबी गरे।

प्रकाशित: १४ पुस २०८२ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App