नेकपा एमालेका सचिव योगेश भट्टराईले जेन–जी आन्दोलनका मृतकप्रति सहानुभूतिसहित देशभर संविधान दिवस मनाउने बताएका छन्। बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै भट्टराईले एमालेले देशभर मनाउन लागेको संविधान दिवसमा जेन–जी आन्दोलनका मृतकप्रति सहानुभूति पनि जनाइने बताएका हुन्।
‘पर्सि परेको संविधान दिवसलाई नेकपा एमालेले संविधानको स्मरण र मृतकप्रति सहानुभूतिको रूपमा देशभर मनाउने छौं,’ सचिव भट्टराईले भने, ‘साथै लोकतान्त्रिक प्रक्रियालाई फेरि लयमा फर्काउने र शान्तिपूर्ण ढङ्गले निर्वाचन गराउने सङ्कल्पका रूपमा पनि लिन्छौँ।’
प्रकाशित: १ आश्विन २०८२ १८:०८ बुधबार




-600x400.jpg)
