२० वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

रविको मुद्दा संशोधनविरुद्धको रिटमा वैशाख १० गते पेसी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटको पेसी वैशाख १० गतेका लागि तोकिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटको सुनुवाइ आगामी वैशाख १० गते पूर्ण इजलासमा हुने गरी तय भएको हो।

यसअघि गत चैत १५ गते न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले यस मुद्दालाई गम्भीर कानुनी प्रश्नहरूको व्याख्या आवश्यक रहेको भन्दै पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो।

पूर्ण इजलासमा पठाउने आदेश भए पनि सुनुवाइको निश्चित मिति नतोकिएपछि कानुनका विद्यार्थी आयुष बडालले पेसी तोकी यथाशीघ्र सुनुवाइ गर्न माग गर्दै निवेदन दिएका थिए।

सोही निवेदनका आधारमा अदालतले वैशाख १० को मिति तय गरेको हो।

प्रकाशित: ८ वैशाख २०८३ १६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App