७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिट दर्ता, भोलि नै पेसी

जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।  आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिट दर्ता भएको हो।  

अधिवक्ता विपिन ढकालले आइतबार मात्रै आयोगका अध्यक्ष कार्कीसहितका पदाधिकारीको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए। सर्वोच्च प्रशासनले मंगलबार रिट दर्ता गरेको छ।  

‘उक्त रिट दर्ता भएको छ। भोलि बुधबार नै पेसी पनि तोकिएको छ,’ सर्वोच्चका सूचना अधिकारी उपरजिष्टार निराजन पाण्डेले भने। रिटमा अधिवक्ता ढकालले आयोगका पदाधिकारीको निष्पक्षतामाथि प्रश्न उठाउँदै तीनै जना पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको दाबी गरेका छन्।  

जिम्मेवारी सम्हाल्नुपूर्व नै पूर्वाग्रही धारणा राखिसकेको व्यक्तिले न्याय प्रणालीले अवलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्तअनुकुल काम गर्न नसक्ने पनि रिटमा दाबी गरिएको छ।  

प्रकाशित: ११ कार्तिक २०८२ १९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App