नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य तथा नेपाल प्रजातन्त्र सेनानी संघका पूर्व केन्द्रीय सदस्य सुरेन्द्रकुमार तिमल्सेनाको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
तिमल्सेनाको असोज २९ गते निधन भएको थियो। उनी नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सचिन तिमल्सेनाका पिता हुन्। तिमल्सेनाले कांग्रेसको संगठन सुदृढीकरण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको शोक वक्तव्यमा तिमल्सेनाको निधनले पार्टीले एक अनुभवी र अग्रज व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ।
कांग्रेस सभापति गगनकुमार थापाले तिमल्सेनाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकमा रहेका परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: २ कार्तिक २०८३ १७:३५ आइतबार





-600x400.jpg)