१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

बजेट भाषणकै बीच किन बाहिरिए हर्क संसद्‍बाट ?

आर्थिक वर्षको बजेट वक्तव्य जारी रहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन् ।

सिंहदरबारस्थित संसद भवनबाट बाहिरिने क्रममा उनले आफूले बजेट बाहिरैबाट सुन्ने बताएका थिए । सञ्चारकर्मीले बजेट बहिष्कार गरेको हो भन्ने जिज्ञासामा साम्पाङले त्यसलाई अस्वीकार गर्दै आवश्यक कामका कारण बाहिरिनुपरेको प्रतिक्रिया दिए ।

उनले प्रधानमन्त्री उपस्थित रहेको दिन भएकाले बहिष्कार गर्ने कुनै कारण नभएको पनि उल्लेख गरे ।

प्रकाशित: १५ जेष्ठ २०८३ १७:१४ शुक्रबार