५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

गोकुलले किन सम्झिए अटल बिहारी बाजपेयीको अभिव्यक्ति?

नेकपा एमालेका नेता गोकुल बास्कोटाले भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीले कुनै समय लोकसभामा दिएको अभिव्यक्ति साभार गर्दै नेपाली राजनीतिलाई व्यंग्य गरेका छन्। गाईजात्राको दिन आइतबार फेसबुकमा अभिव्यक्ति दिँदै गोकुलले नेपाली राजनीतिलाई तितो व्यंग्य गरेका हुन्। 

‘एक समय आयो–आपराधिक तत्त्वहरू आफ्नो सुरक्षाका लागि नेताका छहारीमा आए । अर्को समय आयो–नेताकै लागि तिनीहरू नेताकै हर्ताकर्ता भए । र, फेरि अर्को समय आयो–तिनैले राजनीतिमा कब्जा जमाए अनि आफै नेता भए,’ गोकुलले फेसबुकमा लेखेका छन्,‘यो गाईजात्रे झटारो हैन, भारतका पूर्व प्रम अटल बिहारी बाजपेयीले लोकसभामा दिएको अभिव्यक्ति हो।’ 

गोकुलले प्रस्ट रूपमा यो अभिव्यक्ति कोसँग लक्षित हो भनेर खुलाएका छैनन्। तर, अभिव्यक्तिले भन्न खोजेको तथ्य नेपालको अवस्थासँग मिल्दोजुल्दो छ। 

प्रकाशित: २५ श्रावण २०८२ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App