६ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

धरानमा मेयर हुँदा दैनिक हजार गाली आउँथ्यो, अहिले १० हजार गाली आउँछन्: हर्क सम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफूलाई आउने गालीको संख्या बढेको बताएका छन् ।  

शनिबार काठमाडौंमा आयोजित श्रम संस्कृति पार्टी उपत्यका साक्षात्कार कार्यक्रममा बोल्दै उनले धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको भएपनि अहिले त्यो संख्या बढेर दैनिक १० हजार पुगेको बताए ।  

आफूविरुद्ध हुने गालीको संख्या झन् बढ्दै गएको पनि उनले बताए । ‘आज पनि मलाई गाली गर्नेहरूको संख्या अझै धेरै बढेको छ । पहिले धरानको मेयर हुँदा मैले दिनको एक हजार वटा गाली पाउँथेँ,’ उनले भने, ‘अहिले दिनको १० हजार वटा गाली खाइरहेको छु। गाली गर्ने ती विद्वान व्यक्तिहरू, महानुभाव र बौद्धिक व्यक्तिहरूलाई हार्दिक सम्मान र माया सम्झना छ । यसरी नै गाली गर्नुहोस् ।’

उनले थप भने, ‘म मेरो बाटो हिँडिरहन्छु, तपाईंहरू खुट्टा तान्दै गर्नुहोस्। अन्ततः जित मेरै हुनेछ ।’ उनले आफूले भोग्ने अपमानलाई पनि सहज रूपमा स्वीकार गर्ने उल्लेख गर्दै भने, ‘बेस्सरी अपमानित गर्नुहोस्, सबै स्वीकार्य छ ।’

प्रकाशित: ३० जेष्ठ २०८३ १७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App