३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ज्योति मगरले लाइनमै उभिएर मत माग्दा पनि हारेका पूर्णबहादुर के भन्छन्?

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा नेताहरूसँगै गायिका ज्योति मगर पनि चर्चामा थिइन्। उनी चर्चामा आउनुको कारण उम्मेदवार वा प्रतिनिधि भएको भएर भने थिएन।

उनी आदिवासी जनजाति खुलातर्फबाट केन्द्रीय सदस्यमा उठेका पूर्णबहादुर गुरुङका लागि मत माग्न गएका कारण चर्चामा आएकी थिइन्। तर उनै गुरुङ निर्वाचनमा पराजित भएका छन्।

हार स्वीकार गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हार्दिक धन्यवाद ! नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा जनजाति खुल्ला तर्फको केन्द्रीय सदस्य पदमा झिनो मतले पराजित भएतापनि, सातै प्रदेशबाट आउनु भएका महाधिवेशन प्रतिनिधिज्यूहरूले मलाई अमूल्य मत प्रदान गरी सहयोग गर्नुभएकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।’

गायिका मगरले गुरुङका लागि सामाजिक सञ्जालमार्फत पनि मतको अपिल गरेकी थिइन्। तर उनले एक हजार मत पनि कटाउन सकेनन्। उनले ८३१ मत पाएका छन्। एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नयाँ कमिटीमा पनि केपी ओली पक्षकै वर्चस्व रहेको छ। 

प्रकाशित: ४ पुस २०८२ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App