२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न दिँदैनौंः ऐन महर

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर जवाफ नदिएसम्म विरोध जारी राख्ने बताएका छन्।

सोमबार रास्वपाले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महरले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने बताए।

बैठकमा रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण र संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल भएको उनले बताए। बैठकमा रविले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने प्रस्ताव राखेका उनले बताए।

उनले संसद्को अवरोध हटाउने विषयमा पनि कुनै सहमति नभएको बताए। ‘संसद्को अवरोध गर्ने हाम्रो चाहना होइन। प्रधानमन्त्रीले तुरुन्तै संसदमा आएर जवाफ दिनुपर्छ भन्यौँ’, महरले भने, ‘सार्वभौम संसदमा जवाफ दिने विषयमा सभापतिले पार्टीभित्र छलफल गर्छौँ तर अहिले संसदमा जवाफ दिनुहुँदैन भन्नुभयो।’

प्रकाशित: २५ जेष्ठ २०८३ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App