१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट खोजेका हौँ : सांसद राई

श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ चितवनबाट नभइ संघीय सदनबाट खोजेको बताएका छन्।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि व्यक्त गरे। साथै उनले प्रधानमन्त्रीले दिएका अभिव्यक्ति राष्ट्रहितमा हो र भन्दै प्रश्न समेत गरे।

राईले प्रधानमन्त्री शाहको चितवनबाट जवाफ फर्काएको भन्दै सदनबाट नै उत्तर दिनुपर्ने माग राखे। 'के प्रधानमन्त्रीले दिनुभएका अभिव्यक्ति राष्ट्रहितमा थियो? राष्ट्रको हितमा छ भने माग गर्दछु रेकर्डबाट नहटाइयोस्,' उनले भने, 'चितवनबाट उहाँको उत्तर चाहेको होइन हामीले यो सदनबाट उत्तर खोजेका हौं।'

प्रकाशित: १४ असार २०८३ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App