अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
तीन दिने औपचारिक भ्रमणका लागि भारतमा रहेका उनले आज नेपाली दूतावासद्वारा आयोजित संविधान दिवस कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले संविधानका विषयवस्तु सुधार गर्न सकिने व्यवस्था संविधानमै रहेको स्पष्ट पारे। संविधान एउटा जीवन्त कानुनी दस्तावेज भएको र आवश्यकता बमोजिम आम नेपाली जनताबाट अनुमोदन गर्दै संविधानका विभिन्न विषयमा सुधार गर्न सकिने प्रावधान संविधानभित्रै रहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले भने, ‘संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ।’
कार्यक्रममा बोल्दै उनले संविधान निर्माणका लागि सहादत प्राप्त गरेका शहीदहरूको स्मरण गरेका थिए।
कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेका थिए। कार्यक्रममा कार्यवाहक राजदूत डा। सुरेन्द्र थापाले अर्थमन्त्री वाग्लेलाई स्वागत गरेका थिए।
प्रकाशित: ३ आश्विन २०८३ १०:३३ शनिबार





