२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

हामी समाजवाद स्थापनाका लागि अघि बढेका छौँ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको दिशामा अघि बढ्न उद्योगी तथा व्यवसायीको योगदान अपरिहार्य रहेको बताएका छन्।

नेपाल उद्योग व्यापार महासङ्घले  पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासङ्घ केन्द्रीय समितिको आठौँ बैठक उद्घाटन गर्दै उहाँले समाजवाद स्थापनामा सबैले योगदान गर्नुपर्ने बताएका हुन्।

अध्यक्ष दाहालले भने, 'हामी समाजवाद स्थापनाका लागि अघि बढेका छौँ। सुशासन, सामाजिक न्याय र समृद्धिको मार्ग हुँदै समाजवादमा पुग्ने हो। यसमा तपाई उद्योगी व्यवसायीको योगदान धेरै महत्त्वपूर्ण हुन्छ।'

प्रकाशित: २२ भाद्र २०८२ ०६:५७ आइतबार