रास्वपाका सांसद ज्वाला संग्रौलाले आफूहरू जनताको जीवन बनाउन आएको बताएकी छन्।
कसैले पनि यो कुरालाई नबिर्सन आग्रह गर्दै उनले यस्तो बताएकी हुन्। साथै राजनीति इमानदारिता, धैर्यता र सहनशीलताको गहिरो परीक्षा भएको उनको भनाइ छ।
'रानीतिमा मुख्यत हामी आफू बन्नभन्दा पनि जनताको जीवन बनाउन आएका हौँ भन्ने कुरा हामीले बिर्सन हुँदैन,' संग्रौलाले भनिन्, 'यो कुनै छिटो जितिने खेल होइन! इमानदारिता, धैर्यता र सहनशीलताको गहिरो परीक्षा पनि हो राजनीति।'
हरेक संघर्षले सिकाउने र हरेक अवरोधले अझ मजबुत बनाउने बताउँदै उनले एक दिन परिवर्तनको बाटो कोर्ने जिकिर गरिन्।
'यहाँ हरेक संघर्षले सिकाउँछ र हरेक अवरोधले अझ मजबुत बनाउँछ। लामो यात्रामा थाकिने क्षण आउँछन्, निराशा पनि आउँछ, तर लक्ष्यप्रतिको विश्वास कमजोर हुनु हुँदैन। किनकि स्थिरता, संयमता र निरन्तर प्रयासले नै एक दिन परिवर्तनको बाटो कोर्छ,' उनले सामाजिक सञ्जालमा लेखिन्।
प्रकाशित: ४ वैशाख २०८३ ११:५६ शुक्रबार





