प्रधानमन्त्री केपीशर्मा ओलीले गाईजात्रा पर्वको शुभकामना दिएका छन्। गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस् भन्दै उनले यस पर्वलाई व्यङ्ग्य विनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस् भने।
‘आज गाईजात्रा पर्व ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैलाई गाईजात्राको हार्दिक शुभकामना!’
मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भएको यस पर्वलाई प्रताप मल्लको समयदेखि देशैभर मनाउन थालिएको उल्लेख गर्दै मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुवात भएको मान्यता ओलीले सुनाए।
‘सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको पाइन्छ,’ उनले लेखेका छन्, ‘गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस्। यस पर्वलाई व्यङ्ग्य विनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस्।’
प्रकाशित: २५ श्रावण २०८२ ०८:०० आइतबार





